केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुनकुन अस्पतालमा लगाइदैँ छ त कोरोनाविरुद्धको चिनियाँ खोप (नामसहित)

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइदैँ छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । सो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

हेर्नुहोस् खोप लगाईने अस्पतालको नामावली

  • भक्तपुर अस्पताल, भक्तपुर
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
  • नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
  • किष्ट मेडिकल कलेज, ललितपुर
  • आनन्दवन अस्पताल, ललितपुर
  • धुलिखेल अस्पताल, काभ्रे
  • त्रिशुली अस्पताल, नुवाकोट
  • जिल्ला अस्पताल रसुवा
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
  • परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • निजामती कर्मचारी अस्पताल, मिनभवन
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
  • राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
  • त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
  • काठमाडौँ मेडिकल कलेज, सिनामंगल
  • नेपाल मेडिकल कलेज, अत्तर खेल
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
  • वीरेन्द्र अस्पताल छाउनी
  • एपीएफ अस्पताल, बलम्बु
  • नेपाल प्रहरी अस्पताल, पानी पोखरी
  • ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
  • क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्