नेपाल पत्रकार महासंघको चुनाव केहि समयका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, नेपाल पत्रकार महासंघको चुनाव उपत्यका प्रदेशको मतपत्र काठमाडौं शाखामा नपुगेकाले केहि समयका लागि स्थगित भएको छ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् भने पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी ओली समूह सहितको गठबन्धनबाट उम्मेदवार रहेकी छिन् । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्