नायक अनमोलको लागी आज्ञाको प्रेमपूर्ण स्टाटस
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २५, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिने गरेको पाईन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् ।
पछिल्लो समय अनमोलको नाम एक मोडलसँग जोडिएको छ । केही म्यूजिक भिडियो, विज्ञापन र छोटा चलचित्रमा काम गरेकी आज्ञा कारन्जितसँग अनमोलको नाम जोडिएको छ ।
अनमोलको जन्मदिनका दिनमा अवसरमा आज्ञाले ‘विशेष मान्छेको विशेष दिन’ भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष तिमी मेरो लागि छौं, अकु ।’