सोलो हिटको खोजीमा नायिका आँचल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २५, नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । उक्त चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् ।
चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् ।
आँचलले सोलो नायिकाको रुपमा काम गरेको चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा उनले समुहमा काम गरेको चलचित्र भने हिट भएको छ ।
लकडाउनपछि त आँचललाई चलचित्रको नै अभाव छ । उनलाई नयाँ चलचित्र अफर नहुँदा उनी आफै भने होम प्रोडक्शनको चलचित्र बनाउने तयारीमा छिन् । लकडाउनपछि त आँचललाई चलचित्रको नै अभाव छ ।
उनलाई नयाँ चलचित्र अफर नहुँदा उनी आफै भने होम प्रोडक्शनको चलचित्र बनाउने तयारीमा छिन् । उनका श्रीमान् उदिप श्रेष्ठले लगानी गर्ने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने चर्चा समेत चलेको थियो ।