श्रीलंका पुलिस र त्रिभुवन आर्मीबीच आज दशरथरंगशालामा फुटबल हुदैं

काठमाडौं । चैत्र २५, त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलङ्का पुलिस खेलकूद क्लबबीच आज दशरथ रंगशालामा खेल हुदैंछ।
एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली पुलिससँग भिड्न भएको छ ।
आज हुने उक्त खेलमा रङशालाको कुल दर्शक क्षमताको पचास प्रतिशत दर्शक अटाउने गरी उपस्थिति रहनेछ । एसियाली फुटबल संघले क्षमताको पचास प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएपछि एन्फाले उक्त खेलमा दर्शकलाई प्रवेश खुला गरेको छ ।
खेल आज (बुधबार) साँझ साढे पाँच बजेबाट सुरु हुनेछ । एनटिभी प्लसबाट खेलको प्रत्यक्ष प्रसारण गर्नेछ।