‘फूलबुट्टे सारी’को संस्कृत भर्सन (भिडियोसहित)

काठमाडौं । चैत्र २५, पछिल्लो समय निक्कै चर्चामा रहेको ‘फूलबुट्टे सारी’ बोलको गीतको संस्कृत भर्सन पनि सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको उक्त गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् भने गीतका शब्दलाई के एन स्वामीले संस्कृतमा अनुवाद गरेका हुन् । लेजेन्डरी भर्सन अन्तर्गत हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका मिलन नेवार, गायक मार्मिक लामा, चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटी साथै युगान्डाकी बियोन्से फामासी नामकी गायिका लगायतको भर्सनमा आएको यो गीतले निक्कै चर्चा पाएको छ ।