सैनिक सरकारको विरोधमा उत्रिने १२० बढी कलाकारलाई नियन्त्रणमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २६, म्यान्मारको सैनिक सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ।
सो कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन। उनी म्यान्मार तथा थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन्। अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन्।
उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ। त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ।