केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हिमाल आरोहण अनुमति लिने आरोहणको वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, विश्वमा हाल कोरोना भाईरसको संक्रमणले पर्यटन व्यवसायी धरासायी बनिरहेको परिस्थितिमा पनि नेपाल भने विभिन्न मुलुकका पर्यटकहरुको रोजाईको गन्तव्य बनेको छ। नेपाल सुरक्षित स्थल रहेको स्वयम विभिन्न देशका पर्यटकहरुले प्रमाणित गरिदिएका छन।

गत वर्ष चैत्र ११ गते देखि नेपालमा लकडाउनपछि नेपालको पर्यटन क्षेत्र बन्दको अवस्थामा पुगेको थियो। कोरोनाको प्रकोप बिगतको दाँजोमा केही कम भएपछि अहिले फेरि नेपालमा पर्यटन क्षेत्र लयमा फर्किने प्रयास गरिरहेको छ। सन २०२१ को वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने आरोहण दलको संख्या ४० पुगेको छ। यसैगरी यी आरोहण टोलीमा विभिन्न देशका पुरुष २ सय ६९ जना र महिला ७४ जना गरी कूल ३ सय ४३ जनाले आरोहणको प्रयास गर्ने पर्यटन विभागले बताएको छ।

दोश्रो चाप रहेको हिमाल माउण्ट ल्होत्सेमा विभिन्न ५ वटा टोलीले प्रयास गर्दैछ। जसमा ३३ जना पुरुष र ६ जना महिला आरोहीहरु छन। यसैगरी अन्नपुर्ण र धौलागिरी हिमालमा चार चार वटा टोली जादैंछ। यसपाली सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा चढन अनुमति पाउने टोली छन। कूल २० वटा टोलीले सगरमाथा आरोहणको प्रयास गर्नेछ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्