आजको मौसम जानकारी

काठमाडौं । चैत्र २७, आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल नेपालमा न्यूनचापीय मौसमी प्रणालीको विकास भएको विभागको दाबी गरीएको छ।
यो मौसमी प्रणाली प्रदेश–१ हुँदै नेपाल प्रवेश गरेकाले एक/दुई दिन हल्का पानी पर्ने र आउँदो सोमवारपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणाली विकास भएकाले आज बेलुकीपछि उपत्यकासहित प्रदेश–१ र पहाडी ठाउँमा पानी पर्ने विभागले जनाएको छ ।
अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश एकको मौसम आंशिक बद्ली भएको छ । यस्तै केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै रहेको छ ।