सुर्खेतमा आगलागीबाट नौ घर जलेर नष्ट

सहयात्रा टिभी

वीरेन्द्रनगर । चैत्र २७, पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएर आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो ।

“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।” सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्