लाइसेन्सको ट्रायल पास गर्ने नयाँ नियम जेठबाट लागु हुने, यस्तो छ नियम

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम लागु गरीएको छ ।

उक्त नियम अनुसार अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने भए पनि नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अङ्कभारको व्यवस्था गरिएको छ र ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । सो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्