केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरीकाको चर्चित गायक सगरमाथा अरोहण गर्न नेपालमा

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, यसपटक बसन्त ऋतुमा विश्व प्रशिध्द व्यक्तिहरु समेत सगरमाथा आरोहणका लागि नेपालमा आएका छन।

बहराईनका राजकुमार हाल सगरमाथा चढनेक्रममा सोलुखुम्बुमा रहेका छन भने विश्वको प्रशिध्द संगीत सम्बन्धि पुरस्कार ग्रामी अवार्डमा गायकतथा गीतकारका रुपमा मनोनयनमा परेका माईक पोस्नर अहिले नेपालमा रहेका छन। सन २०१९ मा आफ्नो बाबुको निधनपछि आफ्नो जीवनमा बोझ थपिएको महसुस गर्दै यदि उनले आफ्नो यात्रा थालनी गरेका थिए।

आफू ग्रामी अवार्डमा मनोनयनमा परेको व्यक्ति नभएको भए जीवन कस्तो हुन्थ्यो भनि उनले अमेरिका बाहिर गएर आफनो यात्राको थालनी गरेका थिए। त्यसपछि उनले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने लक्ष्य राखेका छन। उनले आफ्नो यो अभियान आफ्ना दिवंगत बाबुप्रति समर्पित गरेका छन। उनका बाबु ४० वर्षसम्म अमेरिकाको डेटरोईटमा अपराधिक सुरक्षा सम्बन्धि वकालत गरेका थिए। उनले आफ्नो सगरमाथा आरोहण अभियान डेटरोईट अपराधिक न्याय केन्द्र खोल्नका लागि रकम जुटाउने लक्ष्य लिएका छन।

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्