नेपाल पत्रकार महासङ्घ काठमाडौँबाट सूर्य सुवेदी र हुम्लाबाट रावत विजयी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, नेपाल पत्रकार महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणाम अनुसार सूर्य सुवेदी ७१३ मत ल्याएर विजयी भएका छन ।

खुला सदस्यमा भने कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी प्राप्त गरेका छन ।

यस्तैगरी उपाध्यक्ष अन्र्तगत रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सह–सचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन । बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए ।

 

 

 

 

 

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्