केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्योति मगर खाने कुराको अर्डर लिएर ग्राहकको घरमा पुग्दा ग्राहकहरु सरप्राइज

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन्। शनिबार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर समेत प्रदान गरेकी थिइन् ।

मगरले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ।ओ।एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन्। उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्‍याइनेछ।

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्