राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको सम्झनामा भलिवल प्रतियोगिता हुने

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सम्झनामा ‘राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृति–२०२१’ भलिवल प्रतियोगिता हुने भएको छ ।

शेर्पाको जन्मथलो खुम्बुपासाङल्हामु गाउँपालिका– २ सुर्केमा शेर्पाले सगरमाथाको सफल आरोहण गरेको अवसर पारेर उहाँको सम्झनामा भलिवल प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाले बताएको छ ।

२०७८ बैशाख ८, ९, १० गते तीन दिन खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन, महिला ससक्तिकरण र समानताका लागि आवाज भन्ने उद्देश्यका साथ जिल्ला स्तरिय महिला र गाउँस्तरिय पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्