अलिबाबालाई दुई अर्ब ७५ करोड डलर जरिवाना

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, चिनियाँ नियामकले ई–कमर्स कम्पनी अलिबाबालाई दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरेको छ ।

नियामकका अनुसार अलिबाबाले अन्य प्लेटफर्मका बिक्रेतालाई आफ्नो प्लेटफर्ममा आउनबाट रोक लगाएको थियो । जसका कारण उनीहरुले अलिबाबाका अन्य बिक्रेतासँग प्रतिस्पर्धा गर्न पाएका थिएनन् । अलिबाबा कम्पनीले एक विज्ञप्ति जारी गर्दै नियामकले गरेको उक्त निर्णय स्वीकार गर्ने र प्रतिस्पर्धाको लागि आवश्यक नियम पालना गर्ने समेत बताएको छ । अलिबाबाले लामो समयसम्म प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भन्दै नियामकले जरिवानाको निर्णय गरेको हो ।

अलिबाबा माथिको जरिवानालाई चीनले इन्टरनेट प्लेटफर्मलाई नियन्त्रणमा ल्याउन चालिएको महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

गत महिना चिनियाँ नियामकले १२ कम्पनीलाई प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भन्दै जरिवाना गरेको थियो । जसमा टेन्सेन्ट, बैदू, डिडि चुछिङ, सफ्टबैंक र बाइटडान्सको एक कम्पनी पनि रहेका थिए ।

एजेन्सीहरुको सहयोगमा

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्