केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंगल ग्रहमा अवस्थित ड्रोन हेलिकप्टर इन्जेनुइटीको प्रथम उडान अप्रिल १४ मा हुने

सहयात्रा टिभी

काठमाडौं । चैत्र २९, मंगल ग्रहको सतहमा खुला आकाशमुनि रहेको सानो ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान आउँदो अप्रिल १४ मा मात्र हुदैँ छ ।

यस भन्दा पहिले अप्रिल ११ तारिखमा गर्ने योजना रहेकोमा शुक्रबार राति रोटर स्पिन परीक्षणको क्रममा कम्प्युटरमा सानो समस्या देखा परेपछि नासाका इञ्जिनियरहरूले कम्तीमा बुधवार अप्रिल १४ तारिखसम्मका लागि इन्जेनुइटी हेलिकप्टरको पहिलो उडानलाई ढिलाइ गर्ने निर्णय गरेका छन् ।

सानो हेलिकप्टर स्वस्थ छ, तर ईन्जिनियरहरूलाई अगाडि बढ्नुभन्दा पहिले अप्रत्याशित समस्याबाट टेलमेट्री डाटा समीक्षा गर्न केही थप समय चाहिने छ भनि नासाले बताएको छ ।

 

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्