वडाध्यक्षको निधन

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको मस्तिष्कघात भएपछि ललितपुरस्थित वयोधा अस्पतालमा उपचार गराइरहेका मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख एवं प्रवक्ता सरस्वती खड्काले बताईन्।

उनका अनुसार हल नगरपालिका परिसरमा मालीको निधनमा शोक सभा भइरहेको छ। शोक सभा पछि मालीको पार्थिव शरीर श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने उनले बताइन्। मालीले एमालेबाट उम्मेदवार भएर वडाध्यक्ष जितेका थिए ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्