तीन दिनको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, आज पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:

चैत्र ३० गते
सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ।

चैत्र ३१ गते
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १ गते
सुदूपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्