केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियामा शक्तिशाली समुद्री आँधी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ जसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको आँधीका कारण घरमा क्षति पुगेको, रुखहरु ढलेको र विद्युत् कटौती भएको गुनासो सो क्षेत्रका वासिन्दाले गरेका छन् ।आइतबारको ठूलो आँधीहुरी पछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो समेत गएको छ ।

अहिले पनि वेस्टर्न अष्ट्रेलियाका केही सहरमा ‘रेड अलर्ट’ जारी गरिएको छ । उक्त क्षेत्रका मानिसलाई सुरक्षित रहन सुझाव दिइएको छ । अष्ट्रेलियाले आपतकालीन सेवाका अनुसार १७५ जनाको उद्धार गरिएको छ ।

गत महिना पूर्वी अष्ट्रेलियामा नदी तथा बाँधको सतह बढेर आएको बाढीपछि करिब १८ हजार मानिसहरु विस्थापित भएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आँधीबाट भएको क्षतिको राहतका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्