बैशाख ४ गते दोस्रो गुडविल मार्केट सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, ललितपुरको कनिबहानस्थित होटल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना गर्ने भएको छ ।

 

नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोगमा वृद्धि गरी उत्पादकलाई प्रोत्साहन गर्न बैशाख ४ गते दोस्रो गुडविल मार्केट आयोजना हुन लागिएको हो ।

म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको सहकार्य रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहने छ । विभिन्न स्थानिय उत्पादन तथा खानाका स्टल रहने उक्त बजारमा बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि रहने छ ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्