युरोपियबाट बिउ ल्याई मुस्ताङमा स्याउ बिरुवा वितरण गरीदैँ

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा अवस्थित प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रममा स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम आजबाट शुभारम्भ गरियो।

त्यसैगरी, स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताए । ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गरिएको छ।

मुस्ताङका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो ।

संघिय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको सो स्याउको बिरुवा जोमसोम पुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ भने संघिय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुनेछ।

 

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्