भारतीय मुख्यमन्त्री धर्नामा

काठमाडौं । चैत्र ३१, भारतको चुनाव आयोगले चुनाव प्रचार प्रसारमा प्रतिवन्ध लगाए पछि मुख्यमन्त्री ममता बनर्जी कोलकाताको महात्मा गान्धी स्मारक नजिक धर्नामा बसेकी छन् ।
बनर्जीलाई धार्मिक अभिव्यक्ति दिएको कारण आयोगले २४ घण्टाको प्रतिबन्ध लगाएको थियो। ममता र उनकी पार्टी तृणमुल कांग्रेस (टिएमसी) ले चुनाव आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको बताईएको छ।