कोरोना महामारी बढ्दै गएपछि भारतको महाराष्ट्रमा कर्फ्यु आदेश
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १, भारतमा कोरोनाको महामारी बढ्दै गएपछि महाराष्ट्रमा मुख्यमन्त्री उद्धव ठाकरेद्धारा आजदेखि १५ दिनका लागि कोरोना कर्फ्यु लागु गरिएको छ ।
उक्त कोरोना कर्फ्यु अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने छ । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १ सय बढी नयाँ संक्रमित भेटिएका छन् ।
यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १ लाख ६० लाख पार भएको थियो ।