विराटनगरमा एक महिला कोरोना संक्रमणबाट मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।

कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो तर बिहान ४ः ३० बजेतिर मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए ।

 

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्