भिटामिन ‘ए’ र जुकाको औषधि सेवन कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारको आग्रह

काठमाडौं । बैशाख ०२, बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमाणलाई ध्यानमा राखी वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा पनि दुई मिटरको सामाजीक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरीएको छ ।
आगामी ६ र ७ गते ६ देखि ५९ महिना सम्मका हरेक बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ ।