विद्यालयमा आगलागी हुँदा २० विद्यार्थीको जलेर मृत्यु

काठमाडौं । बैशाख ०२, अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा भिषण आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ भने आगलागी परी दर्जनौ विद्यार्थी घाइते भएका छन् ।
विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत रहेकै बेला आगलागी भएको हो । आगलागीबाट विद्यालयका सम्पूर्ण कोठा समेत जलेर नष्ट भएका छन् ।
उता अभिभावकहरुले भने विद्यालयका लापरवाहीका कारण आफ्ना बालबालिकाको ज्यान गएको भन्दै सरकारको आलोचना गरेका छन् । नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।