काठमाडौं प्लाजा सिल गरीयो

काठमाडौं । बैशाख ०३, नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो ।
प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । उक्त भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको बताईएको छ ।