पुर्वमन्त्री आलमको मुद्दा बारेको पेसी आज तोकिदै

काठमाडौं । बैशाख ०५, रौतहट बम विस्फोटमा संलग्न सम्बन्धि भुतपुर्व मन्त्री मोहम्मद अफ्ताब आलमको मुद्दा बारेको पेसी आज तोकिदै छ।
जिल्ला आलमको मुद्दा जिल्ला अदालत रौतहटमा चलिरहेपनि उनलाई सुरक्षाको कारण नख्खु कारागारमा थुनामा राखिएको बताईएको छ।
आलमले आफूलाई थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा दिएको रिट निवेदनको पेसी गत शुक्रबार तोकिएको थियो। तर आलमलेनै बहस स्थगितका लागि रिट निवेदन पेस गरेपछि शुक्रबार बहस हुस सकेन।