नेपाली बजारमा सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०५, शुक्रबार सुन ९० हजार ५ सयमा कारोबार भईरहेको आज (आइतबार) दुई सयले बढेर ९० हजार ७ सयमा पुगेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य १३ सय रुपैयाँले स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पछिल्लो समय सुनचाँदीको मूल्य केही रकमले थपघट भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्