यी हुन् टेलिभिजनबाट बढी पारिश्रमिक लिने सेलिब्रेटी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०५, भारतीय टेलिभिजन शो तथा वेभ सिरीज बनाउन लगभग एउटा फिल्म बराबरको बजेट खर्च लाग्ने गरेको पाईन्छ । त्यसैले सेलिब्रेटीहरुले लिने पारिश्रमिक फिल्मका स्टारको जति नै रहेको छ ।
धेरै पारिश्रमिक लिने केही सेलिब्रेटीहरु निम्न रहेका छन् :
मोहित रैना
‘देवो के देव महादेव’ मार्फत चर्चामा आएका टेलिभिजन अभिनेता मोहित रैना प्रत्येक एपिसोडका लागि १ लाख लिने गर्छन् ।
साक्षी तंवर
साक्षी एक एपिसोडका लागि १.२५ लाख लिने गर्छन् ।
रोनित रोय
रोनित रोयले हरेक एपिसोडको १.२५ लाख लिने गर्छन् ।
हिना खान
टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ की अक्षरा अर्थात् हिना खान एक एपिसोडको २ लाख (भारतीय रुपियाँ) लिने गर्छिन् ।
राम कपूर
‘बडे अच्छे लगते हैँ’, ‘कसम से’, ‘करले तू भी मोहब्बत’ जस्ता टेलिभिजन सिरीजमा काम गर्ने कपूर एक एपिसोड बराबर १.२५ लाख लिने गर्छन् ।
कपिल शर्मा
‘कमेडी किङ्ग’ कपिल शर्माको एक एपिसोडको ५० लाख पारिश्रमिक रहेको छ ।
सुनील ग्रोवर
कपिल शर्मासँगै दर्शकलाई मनोरञ्जन दिँदै आएका सुनीलले एक एपिसोड बराबर १० देखि १२ लाख लिने गर्छन् ।