बिमा कम्पनीलाई बिमा समितिको यस्तो निर्देशन

काठमाडौं । बैशाख ०५, बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ ।
देशभरमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले बताएको छ ।
‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ समितिका उप–निर्देशक ध्रुब तिमल्सिनाले हस्ताक्षर क्षर गरेको पत्रमा भनिएको छ ।