लियोनेल मेस्सीले गरे अर्को कीर्तिमान

काठमाडौं । बैशाख ०५, बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को कीर्तिमान थपेका छन् ।
बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ । बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ ।
तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।