काठमाडौंबाट छुटेको बस दैलेखमा दुर्घटना, ११ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०५, दैलेख–काठमाडौं चल्ने ना ७ खा ६९६३ नम्बरको रात्री बस दैलेखको गुराँस गाउँपालिका–४ गाईबान्ना भन्ने ठाउँ नजिकै पल्टिदा बसमा सवार २९ जनामध्ये ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक अनुप श्रेष्ठले बताए।

घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ। शनिबार बेलुका काठमाडौंबाट छुटेको उक्त बस आज दिउँसो करिब साढे १ बजेतिर उक्त ठाउँमा पल्टिएको हो। गाडी अनियन्त्रित भएर पल्टिएको डिएसपी श्रेष्ठले बताए। बस बीच बाटोमै पल्टिएकाले सवारी जाम भएको र खुलाउनका लागि प्रयास भइरहेको उनले बताए।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्