केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्चित फिल्म निर्देशक सुमित्रा भावको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, ७८ वर्षकी मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । अभिनेता मोहन अगाशेले लामो समयदेखि बिरामी परेर प्राइभेट अस्पतालमा उपचार भैरहदाँ सोमबार बिहान ६: ४५ मा निधन भएको समाचार बाहिर ल्याएका हुन् ।सुमित्रालाई इन्फेक्सनलगायत थुप्रै समस्या रहेको थियो । जसका कारण उनी दुई साता अगाडिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।

सुमित्रा एक राम्रो निर्देशकको अलवा लेखक र गीतकार पनि थिइन् । उनले करिव ५० शर्ट फिल्म तथा केही मराठी सिरियल्स निर्देशन गरेकी छन् । उनले ‘कासव’, ‘अस्तु’, ‘वेलकम होम’, ‘वास्तुपुरुष’। ‘दहाबी’ जस्ता कयौ फिल्म समेत बनाएकी छन् । फिल्म ‘कासव’ बाट नेशनल अवार्ड समेत हात पारेकी थिइन् । १९८० को दशकका फिल्म निर्देशक सुनील सुकथनकरसँग मिलेर उनले १७ फिल्म निर्देशन गरेका छन् ।

 

 

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्