एकैदिन ६७ जनाले चढे अन्नपूर्ण हिमाल

सहयात्रा टिभी

काठमाडौँ । वैशाख ७, यस वर्षको पहिलो वसन्तयाममा एकैदिन ६७ जनाले अन्नपूर्ण (प्रथम) हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको ६७ जनाले वैशाख ३ गते शुक्रबार सफल आरोहण गरेर कीर्तिमान बनाएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिनुभयो ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्ट १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो। अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताउनुभयो । सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १:१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिनुभयो ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेक्नु भएको थियो । उहाँहरूले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गर्नु भएको थियो ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्