निकै दिनदेखि उकालो लागेको सुनको मूल्य आज घट्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य घटेर ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन सोमबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो पनि सोही मूल्य कारोबार भएको महासंघले बताएको छ ।

 

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्