‘१० हजार डलर’ को पर्स बोकेकी कंगनाको तस्बिर भाइरल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०७, बलिउड अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको र हातमा ‘१० हजार डलर’ को पर्स लिएकी तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो ।
उनको पर्समा ‘१० हजार डलर’ लेखिए तापनि पर्सको मूल्य भने ७५०० रुपियाँ (भारतीय रुपियाँ) रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
कंगना यतिबेला ‘थलाइवी’ फिल्मको प्रमोशनमा व्यस्त छिन् । उनले यो फिल्म अप्रिल २३ मा रिलीज हुँदैछ । फिल्म तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ ।