पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । बैशाख ०७, पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउदा रिपोर्ट पोजेटिभ निर्मल निवास स्रोतले जानकारी गराएको थियो ।
तर, स्वदेश फर्कनु अघि शाह दम्पतीले भारतमा कोरोना परीक्षण गराउँदा भने त्यसको नतिजा नेगेटिभ आएको बताईएको छ ।
भारतको हरिद्वारमा गंगा स्नानमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको छ ।