इंग्लीस फुबटल क्लबहरु सुपर लिगबाट बाहिरिए

काठमाडौं । बैशाख ०८, इंग्लीस फुबटल क्लबहरु प्रस्तावित युरोपियन सुपर लिग फुटबलबाट बाहिरिएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबल महासंघ युएफाले यो प्रतियोगिता खेल्ने खेलाडीहरुलाई विश्वकप लगायतका प्रतियोगितामा खेल्न नदिने चेतावनी दिएपछि इंग्ल्याण्डका सबै ६ टोली सुपर लिगबाट फिर्ता भएका हुन् ।
यसअघि इंग्ल्याण्डका शिर्ष ६ टोली म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपरले युरोपियन सुपर लिग खेल्ने बताएका थिए ।
युरोपका १२ क्लबले आइतबार मात्रै आफ्नो नेतृत्वमा रहने गरी युरोपियन सुपर लिग घोषणा गरेका थिए ।
इंग्लीश क्लबहरुले नाम फिर्ता लिएसँगै सुपर लिगको भविष्य संकटमा परेको छ ।