१३ सयले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०८, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ भने चाँदी हिजो १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्