केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिवेश पोखरेलले पुनः एकपटक अमेरिकन आइडलमा निर्णायकको मन जित्न सफल भए

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०८, अप्रिल १९ मा प्रसारण भएको आइडलको कमब्याक प्रस्तुतिद्धारा नेपाली गायक दिवेश पोखरेल(अर्थर गन)ले पुनः एकपटक अमेरिकन आइडलमा निर्णायकको मन जित्न सफल भएका छन् ।

सोमबार प्रसारण भएको कार्यक्रममा दिवेशले आइरिसको ‘गु गु डल्स’बोलको गीत गाएका थिए । यसअघिको १८ औं सिजनको सुरुवातदेखि उनले आफ्नो प्रस्तुतिबाट निर्णायकदेखि दर्शकको मन जितेका थिए ।

केटी पेरीले समेत दिवेशको फ्यान ग्रुपको निकै चर्चा गरिन् । ‘धेरै पटक मैले तिमीलाई ट्विटरको ट्रेन्डिङमा देखेको छु । तिम्रा धेरै फ्यान ग्रुप छन् । उनीहरुले तिमीलाई भोट दिन जरुरी छ,’उनले भनिन् । त्यस्तै निर्णायक लुकले दिवेशको प्रशंसा गर्दै भने,’तिम्रो आवाज फेरि यो स्टेजमा सुन्न पाएँ । म प्रार्थना गर्छु यो जिन्दगीले संगीतमा तिमीलाई चाहने सबै पुराओस्’ ।

 

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्