गोरखाको प्रसिद्ध मन्दिर मनकामना वैशाखभर बन्द

गोरखा । बैशाख ०७, गोरखाको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना देवीको मन्दिर र गोरखकाली मन्दिरमा पुजा गर्न बन्द गरिने भएको छ ।
कोरोना संक्रमणको जोखिम उच्च भएसँगै मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको हो ।
मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।