वैशाख १७ देखि सीईडीबीको आईपीओ बिक्री खुला

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

त्यस्तैगरी, कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्