पश्चिम नवलपरासीमा धेरै संख्यामा लोपोन्मुख गिद्ध मृत फेला

काठमाडौं । बैशाख ०७, पश्चिम नवलपरासीमा प्रकृतिको कुचीकार मानिने लोपोन्मुख मानिने गिद्ध सयभन्दा बढी संख्यामा मृत अवस्थामा फेला परेका छन्।
यसअघि उक्त क्षेत्रमा गिद्ध देखिने गरेको थिएन। तर, एकाएक कसरी सयौँको संख्यामा मृत अवस्थामा गिद्ध फेला पर्यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी थाहा लागेको छैन।
गिद्ध मरेकै ठाउँ नजिकै दुईवटा मरेका कुकुरहरू बाँधेर फलिएको अवस्थामा फेला परेको पनि पशु सेवा शाखाका प्रमुख भरत काफ्लेले जानकारी दिए। अनुसन्धान नगरी यसै कारणले मरेको हो भन्न सक्ने अवस्था नरहेको उनको भनाई रहेको छ।