बलिउड कलाकार किशोरको कोरोना संक्रमणबाट मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०७, बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाको संक्रमणबाट मंगलबार निधन भएको छ । किशोरका नाति अनिषले किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।
त्यसैगरी, अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।