डा. राजु अधिकारीको “आखिर रोज्ने के ?” टेलिभिजन मार्फत सार्वजनिक

काठमाडौं । बैशाख ०७, योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के ?’ सार्वजनिक भएको छ।
कोरोनालाई मध्य नजर गर्दै पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजन मार्फत सार्वजनिक गरिएको हो।
टेलिभिजनमा पुस्तक लोकार्पणका अवसरमा जीवन, जगत, मानिसका इच्छा-आकांक्षा, योग, ध्यान अनि यसको प्रभाव आदिका विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तर्संवादसमेत गरे।
पुस्तकमा साधन र साधनाका विषयमा पनि चर्चा गरिएको छ। मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ। तर जीवनमा साधनालाई छुटाउनु हुँदैन। मानवजीवनमा निर्णयशक्ति अभिवद्र्धन गर्ने पुस्तक ‘आखिर रोज्ने के रु’ रहेको उद्यमी महतोले बताए। मानिसले मन र दिमागमध्ये मनको आवाज रोज्नुपर्छ। मनको आवाज रोज्यो भने जीवनमा उन्नति प्रगति हुँदै जान्छ।