गोकर्णेश्वर नगरपालिकाका कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढ्न थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्यमा जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न नगर प्रमुख चालिसेले बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

 

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्