म्यानचेष्टर सिटीको जित

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, प्रिमियर लिगको शीर्ष स्थानको रहेको म्यानचेस्टर सिटीले एस्टनभिल्ला विरुद्ध पुनरागमन जित हासिल गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै एस्टनभिल्लालाई २-१ ले पराजित गरेको हो ।

त्यस्तैरी, खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै घरेलु मैदानमा एस्टनभिल्लालाई पहिले अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । ४० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा थप गोल भएन ।

दुवै टोली १० खेलाडीमा समेटिएको थियो । ४४ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि सिटी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

जितपछि ३३ खेलबाट ७७ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ । सिटीलाई अब उपाधि जित्न बाँकी ५ मध्ये ३ खेल जिते पुग्नेछ ।

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्