नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्ज सम्झौता हुने

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आगामी साता मर्ज सम्वन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ।

दुबै बैंकको मर्जर कमिटीको बैठक आज बसेको छ। सम्भवतः १४ गते मंगलबार नै मर्जसम्वन्धी सम्झौता हुने स्रोतको दावी छ। मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्वन्धी निर्णय पारित गर्नेछ।

दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्ज पछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि डकुमेन्ट तयार भएको छ।

त्यस्तैगरी, मर्जपछिको हिमालयन–इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो। बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन्।

कम्पनीको कुल सेयर संख्या १० करोड ६८ लाख ४४ हजार ८ हुन आउँछ। यस हिसावले २ करोड १३ लाख ६८ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्री गरेर हबिबले करिब ६ अर्ब ४ करोड रुपैयाँ बढी रकम लैजाँदै छ।

त्यस्तै एन ट्रेडिङ कम्पनीको १२.७१, म्युचुल ट्रेडिङ कम्पनीको ११.८५, आभा इन्टरनेसनलको ११.३८, छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर हिस्सा छ। व्यक्तिगततर्फबाट शशिकान्त अग्रवालको सबैभन्दा धेरै २.६५ प्रतिशत सेयर छ।

 

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्